Breaking News

काठमाडौंको धुम्बाराहीस्थित एक ग्यारेजमा आगलागी

काठमाण्डौ, २१ साउन । काठमाडौंको धुम्बाराही ओरालो खरेस्थित एक ग्यारेजमा आगलागी भएको छ ।

शम्भु शाहीद्वारा संचालित शंकर अटो वर्कशपमा काम गर्ने क्रममा आगोको झिल्को उडेर आगलागी भएको हो । अहिले दमकलबाट प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको कमलपोखरी प्रहरी वृतका डिएसपी कुलदिप चन्दले जानकारी दिए ।

आगलागीबाट के कति क्षति भयो भन्ने बारे खुलिनसकेको डिएसपी चन्दले बताए ।

shares