Breaking News

सार्वजनिक लेखा समितिको कार्यविधिको बारेमा छलफल

काठमाण्डौ, २१ साउन । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा समितिको कार्यविधिका विषयमा छलफल भएको छ ।

सिंहदरबारमा सोमबार बसेको समितिको पहिलो बैठकमा बैठकलाई सहज रूपमा सञ्चालनका लागि आवश्यक पर्ने कार्यविधिका विषयमा सामान्य छलफल भएको समितिका जेष्ठ सदस्य बिमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

त्यस्तै बैठकमा समितिका सदस्यहरूबीच परिचयात्मक कार्यक्रम भएको थियो । नेपालमा २०१६ सालमा निर्वाचित प्रतिनिधिसभामा सार्वजनिक लेखा समितिको व्यवस्था थियो । नेपालको संविधान, २०४७ मा पनि सार्वजनिक लेखा समितिको संवैधानिक व्यवस्था नै गरिएको थियो ।

सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउनका लागि सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन समिति गठन गरिएको हो ।

shares