Breaking News

अवैध भारतीय नोटसहित २ जना पक्राउ

काठमाण्डौ, २१ साउन । भारतीय अवैध नोट बाह्र लाख सत्तरी हजारसहित २ जनालार्इ प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सरकारले समेत बन्देज एवं खारेज गरेको अवैध भारु १ हजार र ५ सयका नोटसहित काठमाडौंका राजेन्द्र श्रेष्ठ र कास्कीका सुरज मल्ललाई गएराती काठमाडौंकों दरवारमार्गबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट भारु १ हजार दरका अवैध नोट १६ थान, ५ सय दरका २० वटा गरी जम्मा १२ लाख ७० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । हाल उनीहरूलाई काठमाडौं प्रहरी परिसरमा राखी थप अनुसन्धान भइरहेको पनि प्रवक्ता थापाले जानकारी दिए ।

shares