Breaking News

पूर्व कानूनमन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक, ४८ हजारले बढ्यो तामाङको सम्पत्ति

काठमाण्डौ, २१ साउन । पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक पद वा राजनीतिक नियुक्ति लिने व्यक्तिले पद धारण गर्ने बित्तिकै सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने र पद छाडेको १५ दिन भित्रमा आफ्नो सम्पत्ति विवरण पुनः सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधान अनुसार तामाङले पत्रकार सम्मेलन गरी आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक पदमा बस्ने व्यक्तिहरूले पदबाट राजीनामा दिएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएपनि यसको अक्षरशः पालना गरेको पाइँदैन । तथापि तामाङले भने थिति बसाल्नका लागि आफूले पद छाडेको १५ दिन समयावधि भित्रै सम्पत्ति विवरण सार्वजनिक गरेको बताएका छन् ।

तामाङले आफूले मन्त्री पद धारण गरेपछि ४८ हजार रुपैयाँ बराबरको सम्पत्ति बढेको विवरण सार्वजनिक गरेका छन् । साथै उनले आफूले पदमा बहाल छँदा धेरै कानूनहरूको निर्माण अन्तिम चरणमा पुर्‍याएकोले अब ती कानूनहरूलाई छिट्टै पारित गरेर कार्यान्वयन गर्न सुझाएका छन् ।

shares