Breaking News

प्रहरी इन्काउन्टरमा मारिए बालक अपहरण गर्ने दुर्इ अपहरणकारी

भक्तपुर, २१ साउन । आइतबार साँझ अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच भएको मुठभेडमा दुई जना अपहरणकारी मारिएका छन् ।

भक्तपुरको डोलेश्वरमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली र अपहरणकारीबीच भएको मुठभेडमा प्रहरीको गोली लागी अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो  ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल, दुर्इ राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल सेट बरामद गरेको छ ।

आईतबार साँझ स्कूलबाट फर्केपछि अपहरणमा परेका ११ बर्षिय निशान खडकाकाे अपहरणकारीले हत्या गरेकाे थियो । निशानको शव  भक्तपुर नगरपालिका–७ स्थित श्याम लवटको निर्माणाधीन घरमा दिउँसो साढे बाह्र बजे प्रहरीले फेला पारेको थियो ।

अपहरण खबर पाउने वितिकै प्रहरी अनुसन्धानमा जुटेकाे थियो । अपहरणकारीले बालककी अामा भमेली खडकासंग ४० लाख रुपैया फिरौती मागेकाे थियो । खडका सिन्धुपाल्चोक स्थायी घर भई काँडाघारीमा चिया पसल चलाउदै अाएकी छिन । उनका पति गणेश खडका रोजगारीका सिलसिलामा मलेसियामा छन ।

shares