Breaking News

चीनमा स्वास्थोपचारपछि नेता खनाल स्वदेश फिर्ता

काठमाण्डौ, २१ साउन । उपचारका लागि चीन गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्केका छन् ।

नेता खनाल आफ्नो पूर्ण स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका हुन् । चीनमा रहँदा नेता खनालले सिचुवान प्रान्तस्थित वेस्ट चाइना इन्टरनेसनल अस्पतालमा हाइपर प्याराथाइराइ र मिर्गौलामा भएको पत्थरीको शल्यक्रिया गरेका थिए ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले दुईवटा शल्यक्रिया एकै पटक गरेपछि आफू स्वस्थ भएको र अब देश, जनता र पार्टीको सेवामा अझ सक्रियतापूर्वक लाग्ने बताए ।

चीनमा रहँदा आफूले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख तथा सिचुवान प्रान्तका प्रमुखसँग पनि भेटघाट भएको जानकारी दिए ।

प्याराथाइराइ र मिर्गौलामा समस्या देखिएपछि खनाल १५ दिनअघि उपचारका लागि चीन गएका थिए ।

shares