Breaking News

यौनधन्दा सञ्चालक दुर्इ युवती पक्राउ

काठमाण्डौ, २१ साउन । राजधानीको विभिन्न स्थानमा फ्ल्याट भाडामा लिई यौन धन्दा सञ्चालन गर्दै अाएका दुईजना युवतीलार्इ प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर पाटन स्थायी घर भई हाल लाजिम्पाट डेरा गरी बस्ने २८ वर्षीया प्रिया श्रेष्ठ र मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ का -१८ वर्षीया मन्दिरा तामाङ पक्राउ परेका हुन् ।

उनीहरूले पैसाको प्रलोभन देखार्इ युवतीहरूलार्इ पर-पुरुषहरूसँग जबर्जस्ती यौनसम्पर्क राख्न लगाउने गरेको खुलेको छ । यसरी यौनधन्दाबाट उनीहरूले मोटो रकम अशुली गर्ने गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए ।

उनीहरूलाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गले पक्राउ गरेको हो । उनीहरूमाथि मानव बेचबिखन ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

shares