Breaking News

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

झापा, २१ साउन । झापामा श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिकाकी २२ वर्षीया युवतीले आफ्नो श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि उनको श्रीमान् पक्राउ परेका हुन् ।

जाहेरीमा श्रीमानले अाफ्नो इच्छा विपरीत यौन सम्बन्ध राख्ने गरेको ती महिलाले उल्लेख गरेकी छिन् । उनले श्रीमान् १०/१२ दिन हराउने र आएर सम्पर्क राखेपछि फेरि हराउने गरेको पनि जाहेरीमा उल्लेख गरेकी छिन् ।

पक्राउ परेका श्रीमानमाथि वैवाहिक बलात्कारको मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाले जानकारी दिए ।

उक्त मुद्दाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

shares