Breaking News

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी ९१ जनाको मृत्यु

काठमाण्डौ, २१ साउन । इन्डोनेसियाको लोमबोक टापुमा गएको शक्तिशाली भुकम्पमा परी कम्तिमा ९१ जनाको ज्यान गएको छ ।

तीस किमिको गहिराइमा ७ रेक्टर स्केलको भुकम्प गएको अमेरिकन जियोलोजिकल सर्वेले जनाएको छ । अाइतबार लोमबोक टापुको उत्तरी भागमा गएको भूकम्पमा सैयौं मानिसहरू घाइते भएको अधिकारीहरूले बताएका छन् । अाइतबार बिहान गएको भूकम्पपछि १३० पराकम्पहरू गइसकेका छन् ।

करिब एक हजार विदेशी पर्यटकहरूलार्इ नजिकैको गिली टापुबाट उद्धार गरिएको छ भने एकजनाको बाली टापुमा मृत्यु भएको जनाइएको छ ।  सुनामीको सम्भावना रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान अधिकारीहरूले जनाएका छन् ।

एक हप्ता अघि गएको भुकम्पमा परी १६ जनाको ज्यान गएको थियो ।

shares