Breaking News

भक्तपुरबाट बालक अपहरण

भक्तपुर, २१ साउन । भक्तपुरको काँडाघारीबाट आइतबार साँझ एक बालक अपहरणमा परेका छन् ।

सिन्धुपाल्चाेककी चमेली खड्काका ११ वर्षीय छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता प्रहरी नावय उपरीक्षक रेवती रमण पोखरेलले जानकारी दिए । अपहरण गर्ने समूहले निशानका परिवारसँग करोडौंको फिरौती मागेको बताइएको छ ।

घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले गोप्य रूपमा अनसुन्धान गरिरहेका छन् ।

निशानको परिवार पाँच वर्षदेखि काँडाघारीमै सामान्य चिया पसल सञ्चालन गर्दै अाइरहेको छ । हाल घटनाकाे अनुसन्धानमा अपराध महाशाखाकाे टोली पनि खटिएको जनाइएको छ ।

shares