Breaking News

सरकारलाई ७२ घण्टे अल्टिमेटम, नत्र आमरण अनशन बस्ने

काठमाण्डौ, २० साउन । नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले चिकित्सा शिक्षा अध्ययन गर्न विदेशमा पुगेका विद्यार्थीहरूको बारेमा उठेका प्रश्न र समस्याहरू ७२ घण्टाभित्र सरकारले सम्बोधन गर्ने प्रयास नथाले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशोसिएशनले विदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न गएका विद्यार्थीहरूमाथि गलत ढंगको आक्षेप लगाइएको भन्दै यस विषयमा सरकारको धारणा नआए मरण अनशन बस्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष नविन यादवले वर्तमान समयमा राज्यका विभिन्न स्थानमा बसेर काम गरिसकेका व्यक्तिहरूले नै विदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न पुगेका विद्यार्थीहरूको अस्तित्व र भविष्यमाथि विभिन्न प्रकारका प्रश्नहरू खडा गरेको आरोप लगाए ।

नेपाली मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको स्वीकृतिमा विदेशमा पढ्न जाने तर प्रायजसो विदेशका कलेजहरू कालो सूचिमा परिसकेको हुने र विद्यार्थीहरू कालो सूचिमा परेका कलेजहरूमा पढ्न बाध्य हुने स्थिति रहेको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा मधेशी चिकित्सक संघका प्रवक्ता डाक्टर विनय पञ्जियारले नेपालको स्वास्थ्य शिक्षा विश्वकै उत्कृष्ट भएको भन्दै विदेशमा पढ्न जाने विद्यार्थीहरूलाई रोक्न सरकारलाई सुझाव दिए ।

shares