टोखाका धार्मिक तथा ऐतिहासिक स्थललाई पर्यटकीय स्थल बनाइने

काठमाण्डौ, २० साउन । काठमाडौँको टोखा नगरपालिकाका धार्मिक तथा ऐतिहासिक स्थललाई पर्यटकीय स्थलको रूपमा विकास गरिने भएको छ ।

टोखा संस्कृति सम्पदा संरक्षण दबुले टोखा नगरपालिकाको सहकार्यमा चार वर्षे कार्ययोजना बनाई धार्मिक तथा ऐतिहासिकस्थललार्इ पर्यकीय स्थलको रूपमा विकास गर्ने जनाएको हो ।

दबुले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी श्रावण २७ गते उक्त चार वर्षे कार्ययोजना सार्वजनिक गर्नेसमेत जानकारी दिएको छ साथै सोही दिन नै नेपालको कला संस्कृति संरक्षणमा योगदान दिंदै आउनुभएका युगपुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई काठमाडौंको शान्तिबाटिकादेखि विशेष झाँकी सहितको र्याली सहित सभागृहमा विशेष अभिनन्दन गरिने दबुले जनाएको छ ।

टोखामा अहिलेसम्म जीवन्त पर्यटनको विकास गरी आयआर्जनतर्फ उन्मुख गराउने र निरन्तर कला संस्कृतिको जगेर्नाका लागि समेत आवश्यक योजना तय गरिने टोखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मणिराज डंगोलले जानकारी दिए ।

टोखा नगरपालिकाभित्रका धार्मिक स्थललाई पर्यटकीस्थल बनाउने गरी गुरुयोजना तयार गरेको जानकारी दिंदै डंगालले टोखाको मौलिक संस्कृति सम्पदा संरक्षण तथा पर्यटन विकासका लागि निरन्तर रूपमा अन्तर्क्रियात्मक कार्यक्रमसहित अगाडि बढ्ने योजना तय भएको बताए ।

shares