Breaking News

तेश्रोे धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता मंगलबारदेखि सुरु हुने

काठमाण्डौ, २० साउन । तेश्रोे धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०१८ यही मंगलबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगिता साउन २२ देखि २६ गतेसम्म सातदोबाटोस्थित संघको एकेडेमीमा सञ्चालन हुने आयोजक नेपाल स्क्वास तथा राकेट्स संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला, पुरुष ५० वर्षभन्दा माथि, जुनियर ब्वाइज यू १९ तथा जुनियर, ब्वाइज यू १५ र जुनियर, गल्र्स यू १५ तथा प्लेट च्याम्पियनसिप गरी कूल ७ विधा समावेश छ ।

यस्तै प्रतियोगिताको कूल पुरस्कार राशी एकलाख ६ हजार पुर्‍याइएको आयोजकले जनाएको छ । प्रतियोगितामा उपत्यका बाहिरका समेत गरी विधिन्न विधामा करिब एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने संघका उपाध्यक्ष तथा प्रचार प्रसार संयोजक किरण श्रेष्ठले जानकारी दिए । यस प्रतियोगितापछि जुनियरतर्फका उत्कृष्ट खेलाडीहरू छनोट गरिने र प्रशिक्षणसमेत गराउने उनले बताए ।

यस्तै प्रतियोगिताबाट उत्कृष्ट ४ पुरुष खेलाडीले यस वर्ष ईन्डोनेशियामा हुने १८ औं एसियाली खेलकुद एसियाडमा सहभागिता जनाउने संघले जनाएको छ ।

shares