Breaking News

नेपाली समाजको यथार्थलाई उजागर गर्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण: नेपाल

काठमाण्डौ, २० साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले नेपाली समाजको यथार्थलाई उजागर गर्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

काठमाडौंको नेपाल आर्ट काउन्सिलमा जारी नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्वीरहरूको प्रदर्शनीको अवलोकन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले नेपाली समाजको विविधतालाई, सामाजिक परिवेशलाई पनि उजागर गर्न पत्रकारहरू सफल भएको बताए । उनले फोटो पत्रकारको खुबीको प्रशंसा गर्दै प्रदर्शनीको अवलोकनबाट प्रसन्नता महसूस भएको धारणा राखे ।

त्यस्तै आइतबार नै सभामुख कृष्ण बहादुर महरा, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतले पनि फोटो प्रदर्शनीको अवलोकन गरेका थिए । यही साउन १६ गते बुधबारबाट सुरु प्रदर्शनी २१ गते सोमबारसम्म जम्मा ६ दिन चल्नेछ ।

फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिजम, नेचर एन्ड वाइल्ड लाइफ, डेली लाइफ, न्यूज फोटो, नेपाल स्माइल लगायतका विधाका उत्कृष्ट १ सय ६० फोटोहरू प्रदर्शनीमा रहेको फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकास कार्कीले जानकारी दिए ।

shares