Breaking News

जाजरकोट पहिरो अपडेट: मृ्त्यु हुनेको संख्या ९ पुग्यो

जाजरकोट, २० साउन । जाजरकोटको भेरी नगरपालिका–३ ठाँटिबजार नजिक गएको पहिरोमा परी पुरिएका मध्ये ९ जनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा ८ जना बालबालिका र १ महिला रहेकी छन् ।

पहिरोले तीर्थराज बोहरा र जीतबहादुर सुनारको घर पुरेको हो । पहिरोमा तीर्थराज बोहराकी छोरी ५ वर्षीया नज्मा बोहरा, २५ वर्षीया सितला लुहार, ६ वर्षीया सम्झना बिक, ३ वर्षीया मनिसा बिक, ९ वर्षीया भगवती बिकको मृत्यु भएको छ ।

त्यसैगरी अन्य मृत्य हुनेहरूमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन् । पहिरोमा पुरिएका ३५ बर्षीय लालबहादुर लुहारको डेढ घण्टा पछि जिवितै उद्धार गरिएको छ । उनको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोमा जीतबहादुर सुनारको घरमा बस्ने  ४ जना समेत पुरिएकोमा २ जनाको शव निकालिएको र २ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

वर्षा नरोकिएको र भुभाग अपठ्यरो  भएका कारण उद्दारमा समस्या परेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।अहिले घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सक्रियतामा उद्दार कार्य भइरहेको छ ।

shares