Breaking News

गोरखा खानीगाउँका ७२ घरधुरी पहिरोको जोखिममा

गोरखा, २० साउन । गोरखाको धार्चे गाउँपालिका-७ लापुस्थित खानीगाउँका ७२ घरधुरी पहिरोको जोखिममा परेका छन् ।

अविरल वर्षका कारण आइतबार बिहान खानीगाउँ नजिकैको जङगाङ डाँडामा पहिरो जाँदा उक्त खतरा बढेको हो । गाउँ नजिकै पहिरो पुगेपछि ११ घरधुरी भने बिस्थापित भइसकेका छन् । गाउँको बीचमा जमिनको धाजा फाटेपछि सबैजना त्रसित भएका छन् ।

विस्थापित भएका ११ घरधुरीका मानिसहरु आफन्तको शरणमा गएको बताइएको छ । वर्षातका कारण धाजा फाटेको जमिनमा पानी छिरेर वस्ती नै भासिन सक्ने जोखिम रहेको वडाध्यक्ष सूर्यमान गुरुङले बताए ।

विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो गएको ठाउँमा प्रहरी टोली खटाइएको जानकारी दिए । पानी परिरहेकाले सतर्क रहन स्थानीयवासीलाई उनले आग्रहसमेत गरेका छन् ।

shares