Breaking News

फेरि डुबानमा पर्‍यो भक्तपुर

भक्तपुर, २० साउन । निरन्तरको वर्षासँगै भक्तपुरको राधेराधे क्षत्रेको बस्ती सामान्यतया डुबानमा परेको छ । हरेक वर्ष डुबानमा पर्ने यो क्षेत्रमा हनुमन्ते खोलामा पानीको बहाव बढेसँगै डुुबानमा पर्ने गरेको छ ।

पानीको बहाव बढेसँगै असारमा डुबान परेको जस्तो डुबान नभएता पनि यस क्षेत्रकामा निर्माण भएका भवनहरूको जमिन तललाई भने असर पारेको छ । यसरी पानीको बहाव बढेपछि टहराहरू पनि जोखिममा रहेका छन् ।

डुबानको निरीक्षण गर्न पुगेका भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले विगतमा परेको डुबानलाई मध्ये नजर गर्दै भक्तपुर नगरपालिका, मध्यपुर नगरपालिका र सूर्यबिनायक नपालाई समन्वय गरी डुबान समस्या समाधनका लागि उपाय खोज्न पहिलेनै अवगत गराइसकेको बताए ।

निरन्तरको वर्षासँगै हनुमानघाटस्थित परोपकार केन्द्र, आदर्शस्थित सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, सल्लाघारीस्थित डा. इवामुरा अस्पताललगायत क्षेत्र डुबानमा परेका छन् ।

shares