Breaking News

गायक समीर मोक्तानको ‘निरमाया’ सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ, २० साउन । प्रतिभावान् गायक समीर मोक्तानको आवाजमा रहेको ‘निरमाया’ बोलको रमाईलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भारतीय रियालिटी शो डिआईडीका चर्चित नेपाली डान्सर तथा कोरियोग्राफर सुसान्त खत्री र हालकी चर्चित मोडेल अलिशा राईको अभिनय रहेको ‘निरमाया’ मा गीतकार डि.पी. खनालको रचना रहेको छ भने शंकर थापा ‘स्माईल’को संगीत र उदयराज पौडेलले संगीत संयोजन गरेका छन् ।

राजिब समरले निर्देशन गरेको यस भिडियोका छाँयाकार अनिल कुमार मानन्धर हुन् भने सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका छन् । सुसान्त खत्री र राजिब समरको कोरियोग्राफी रहेको ‘निरमाया’ लाई डश म्युजिक प्रा.लि. ले प्रस्तुत गरेको हो ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्-

shares