Breaking News

स्याङ्जाका कांग्रेस सभापति कमल पंगेनीको हृदयघातका कारण निधन

काठमाण्डौ २० साउन । नेपाली काङ्ग्रेस स्याङ्जाका सभापती कमल पंगेनीको हृदयघातका कारण अाज विहान निधन भएकाे छ ।

पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । २०६४ सालको निर्वाचनमा स्याङ्जा १ र पछिल्लो प्रदेशसभा निर्वाचनमा स्याङ्जा १(क)मा उनी उमेदवार थिए । पंगेनीका श्रीमति, एक छोरा र एक छोरी छन् ।

shares