Breaking News

भेनेजुएलामा राष्ट्रपति निकोलस माडुरोमाथि ड्रोन आक्रमण

काठमाण्डौ २० साउन । भेनेजुएलामा राष्ट्रपति निकोलस माडुरोमाथि ड्रोन आक्रमण भएको छ ।

सेनाको ८१औं बार्षिकोत्सवका अवसरमा कारकासमा आयोजित समारोहलाई सम्बोधन गरिरहेका बेला आक्रमण भएको हो । संचारमन्त्री जर्ज रोड्रिग्युजले राष्ट्रपति सकुशल रहेको जनाउँदै सात सैनिक घाइते भएको जानकारी दिए ।

राष्ट्रपति माडुरोको भाषण टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण भैरहेको थियो । अकस्मात कार्यक्रमस्थलमा ठूलो आवाजसहित ड्रोन आएपछि भागाभाग मच्चिएको थियो । राष्ट्रपति माडुरोलाई लक्षित गरी आक्रमण गरिएको भएपनि उनी जोगिन सफल भए ।

मन्त्री रोड्रिग्युजले बिपक्षी दलमाथि आक्रमणको आराेप लगाएका छन् । गत मे मा भएको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बिपक्षी दलले हिंसाको बाटो लिएको उनको दाबी छ ।

shares