Breaking News

पहिरोले घर पुरिदा जाजरकोटमा तीन बालबालिकाकाे मृत्यु

जाजरकोट २० साउन । अविरल वर्षाका कारण जाजरकोटको सदरमुकाम खलङ्गामा पहिरोले घर पुरिदा तीन बालबालिकाकाे मृत्यु भएकाे छ ।

पहिरोले घर पुरिदा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ । जाजरकोट प्रहरीका अनुसार स्थानीय तीर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको हो ।

तीर्थको घरबाट तीन जनाको शव निकालिएको हो । अर्का एक जना हराइरहेको जनाइएको छ । गोपाल सुनारको घरमा तीन जना पुरिएको आंशका गरिएको छ । घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिइएको छ ।

shares