Breaking News

कामु प्रधानन्यायाधीशमा आजदेखि ओमप्रकाश मिश्र

काठमाण्डौ २० साउन । सर्वोच्च अदालतको काम कारवाही आजबाट वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले सम्हाल्दै हुनुहुन्छ ।
संसदीय सुनुवाइ समितिले कामु प्रधानन्यायाधीश दीपकप्रसाद जोशीलाई आयोग्य ठहर गरेपछि जोशी बिदामा बस्नु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीको १५ दिनको बिदा स्वीकृत गनुृभएको हो । जोशी बिदामा बसेसंगै वरिष्ठ न्यायाधीश मिश्रले सर्वोच्चको नेतृत्व सम्हाल्न लाग्नु भएको हो । उहाँले आज पेशी तोक्ने जनाइएको छ । मिश्रले सर्वोच्चसंगै न्यायपरिषद्को नेतृत्व पनि सम्हाल्नु हुनेछ ।

shares