Breaking News

खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध: रक्षामन्त्री

काठमाण्डौ, १८ साउन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

धनवन्तरी समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रथम धनवन्तरी पौडी प्रतियोगिता कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय स्तरमा अन्तराष्ट्रिय प्रतियोगिता गर्नेगरी रंगशाला निर्माणको प्रक्रियामा रहेको बताए ।

त्यस्तै उनले सातै प्रदेशमा प्रदेशस्तरका रंगशाला निर्माण गर्ने र स्थानीय तहमा खेल मैदान निर्माण गर्ने घोषित कार्यक्रम नै रहेको जिकिर गरे । उनले खेल र खेलाडीको विकासका लागि सबै साझेदार संस्था र सरकारबीच सहकार्य हुनुपर्ने बताए ।

प्रतियोगितामा विभिन्न विद्यालयका एक सय १७ छात्रछात्रा सहभागी थिए भने अन्डर ८ , १० , १२ गरी २५ विधामा खेल खेलाइएको थियो ।

shares