Breaking News

नेपालद्वारा नेदरल्यान्ड्सविरुद्ध २१७ रनको चुनौति प्रस्तुत

काठमाण्डौ, १८ साउन । दोस्रो एकदिवसीय खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध २१७ रनको चुनौति प्रस्तुत गरेको छ ।

४८. ५ ओभरमा अलआउट हुँदै नेपालले कुल २१६ रन जोडेको हो । नेपालका लागि बलर सोमपाल कामीले सर्वाधिक ६१ रन  बनाए भने  कप्तान पारस खड्काले ५१ रन बनाए ।  कामीले ४६ बल खेल्दा पाँच चौका र तीन छक्का प्रहार गरी ६१ रन बनाउन सफल भए ।

त्यस्तै कप्तान पारस खड्काले ६९ बल खेली ६ चौका र दुई छक्काको सहयताले ५१ रन जोडे ।  नेपालका लागि अन्य खेलाडी आरिफ शेखले १६ रन, ज्ञानेन्द्र मल्ल १३, सुवास खकुरेल १९ रन, सन्दीप लामीछानले  ८, अनिल साह ४, दिपेन्द्रसिंह ऐरी १९ र रोहित पौडेलले ६ रनको योगदान दिए ।

ललित भण्डारी ४ रनमा नटआउट रहे। नेपाल नेदल्यान्ड्स विरुद्धको पहिलो एक दिवसीय खेलमा ५५ रनले पराजित भएको थियो । पहिलो खेलमा नेपाललाई नेदरल्यान्डस्ले १९० रनको चुनौति दिएको थियो ।

shares