Breaking News

पञ्चशीलको सिद्धान्त अनुसार सरकार अघि बढेको परराष्ट्रमन्त्रीको भनाइ

काठमाण्डौ, १८ साउन । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पञ्चशीलको सिद्धान्त अनुसार सरकार परराष्ट्र नीतिको प्राथमिकताका आधारमा अघि बढेको बताएका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७० औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवाली यस्तो बताएका हुन् । उनले ज्ञान, स्रोत र साधनको परिचालन, प्रविधि हस्तान्तरणका साथै शान्ति र समृद्धि प्रवर्द्धन गर्न अन्तराष्ट्रिय सम्बन्धको ठूलो महत्व रहेको धारणा राखे ।

आर्थिक कूटनीतिको माध्यमबाट देशलाई उन्नतिको मार्गमा अग्रसर गराउन सहज हुने बताउँदै उनले त्यस दिशामा पनि नेपालका कूटनीतिक व्यक्तिले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले वर्तमान सरकार प्राप्त उपलव्धीलाई संस्थागत गर्दै सामाजिक आर्थिक विकासको बाटोमा अघि बढेको जानकारी पनि दिए ।

कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले परिषद्को वार्षिक प्रकाशन ‘नेपाल विश्व सम्बन्ध परिषद् नामक पुस्तक विमोचन गरेका थिए ।

shares