Breaking News

र्इनार सफा गर्ने क्रममा निस्सासिएर ३ जनाको मृत्यु

काठमाण्डौ, १८ साउन । काठमाडौंको कपुरधारास्थित एक घरमा र्इनार सफा गर्ने क्रममा निस्सासिएर ३ जनाको मृत्यु भएको छ ।

कपुरधारस्थित मेघवर्ण गौतमको घरमा इनार सफा गर्ने क्रममा उनीसहित ३ जनाको मृत्यु भएको हो । गौतमबाहेक अन्य मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय अशोक कुमार र कैलाली टीकापुर नगरपालिकाका २३ वर्षीय रमेश चौधरी रहेका छन् ।

उनीहरूलाई इनारबाट बेहोस अवस्थामा निकालिए पनि उपचारको लागि अस्पताल पु¥याउँदा मृत्यु भइसकेको लैनचौर प्रहरीले जनाएको छ । मृतक गौतम र कुमारलाई सामाखुसीस्थित ग्रिनसिटी अस्पताल र चौधरीलाई पोष्टमार्टमको लागि धापासीस्थित ग्राण्डी अस्पतालमा राखिएको छ ।

shares