Breaking News

नक्कली नोटसहित पक्राउ परेका चलचित्र निर्माता वाग्ले धरौटीमा रिहा

काठमाण्डौ, १८ साउन । साढे २ करोड रुपैयाँ नक्कली नोटसहित पक्राउ परेका चलचित्र निर्माता माधव वाग्ले धरौटीमा मुक्त भएका छन् ।

उच्च अदालत, पाटनको आदेशमा वाग्लेलाई काठमाडौं जिल्ला अदालतले २५ लाख रुपैयाँ धरौटीमा छाडेको हो ।

जेठ पहिलो साता निर्माता वाग्लेसहित ५ जनालाई पक्राउ गरिएकोमा शुक्रबार धरौटी रकम बुझाएपछि वाग्लेलार्इ रिहा गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले जानकारी दिए ।

वाग्ले चलचित्र ‘लुट’का निर्माता हुन् ।

shares