Breaking News

ट्याक्सी सिक्ने क्रममा खोलामा खसेपछि अामाछोरा बेपत्ता

म्याग्दी, १८ साउन । म्याग्दीको सदरमुकाम बेनीमा ट्याक्सी चलाउन सिक्ने क्रममा म्याग्दी खोलामा ट्याक्सी खस्दा आमाछोरा बेपत्ता भएका छन् ।

म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाका अनुसार दुर्घटनामा परी मंगला गाउँपालिका-२ घर भई पर्वतको जलजला गाउँपालिका-२ बगरफाँट बस्ने २५ वर्षीया शोभा अधिकारी र उनका ८ वर्षीय छोरा सागर खाती बेपत्ता भएका हुन् ।

शुक्रबार बिहान १० बजेर ५० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय पछाडिको मैदानमा चलाउन सिक्ने क्रममा शोभाले चलाएको ट्याक्सी म्याग्दी नदीमा खसेको हो । अधिकारीले प्रशिक्षण केन्द्र न्यू बेनी ड्राइभिङ इस्टिच्युटबाट ड्राइभिङ प्रशिक्षकबिना नै छोरालाई साथमा राखेर ट्याक्सी चलाउन सिक्ने क्रममा दुर्घटना भएको हो ।

बेपत्ता आमाछोराको पर्वत प्रहरीको समेत सहयोगमा खोजी भइरहेको छ । घट्नाको विषयमा अनुसन्धान गर्नको लागि ड्राइभिङ इन्स्टिच्युटका सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

shares