Breaking News

कानूनमन्त्रीमा ढकाल र भूमिसुधारमा अर्याल नियुक्त

काठमाण्डौ, १८ साउन । नेकपाका सांसद भानुभक्त ढकाल कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नियुक्त भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि कानून मन्त्रीको पद रिक्त रहेको थियो ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल नियुक्त भएकी छिन् । उनी यसअघि स्वास्थ्य राज्यमन्त्री थिइन् । स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने संघीय समाजवादी फोरमका डा. सुरेन्द्र यादवले पाउने भएका छन् ।

नवनियुक्त मन्त्रीहरूको सपथ साढे ४ बजे हुने जनाइएको छ ।

shares