Breaking News

सुनिता अधिकारीले ल्याइन् गज्जबको तीज गीत ‘क्यारम मायालाई’ (भिडियोसहित)

काठमाण्डौ, १८ साउन । लोकप्रिय गायिका सुनिता अधिकारीले कोसेलीस्वरूप तीजको गीत बजारमा ल्याएकी छिन् ।

‘पानको मिसी’को सफलतापछि आफ्नो आठौं गीतका रूपमा उनले ‘क्यारम् मायालाई’ बोलको तीज गीत बजारमा ल्याएकी हुन् । उनको एकल स्वरमा सुसज्जित गीतमा सुनिता आफैंले अभिनय गरेकी छिन् । उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन् ।

शिव हमालको शब्द र लय रहेको गीतको निर्देशन गणेश पाण्डेले गरेका हुन् । गीतको भिडियो प्रकाश भट्टको कोरियोग्राफीले थप अाकर्षक बनेको छ । यसैगरी, राजेश घिमिरे, पुकार तिमिल्सिना र रामेश्वर ढकालले क्यामरामा जादु चलाएका छन् ।

गीतको अडियो तथा भिडियो साइन मिडिया प्रालिले गरेको हो भने दृश्य निर्माण साइ भिजन प्रालिले गरेको हो । गीतको सम्पादन विष्णु शर्मा र संगीत संयोजन कृष्ण विकले गरेका छन् । तीजका नाममा अनेक विकृति फैलिरहेका बेला आफ्नो मौलिक गीतले दर्शक र श्रोताहरूको मन जित्न सफल हुने विश्वास सुनिता व्यक्त गर्छिन् ।

भिडियो हेर्नुहोस्-

shares