Breaking News

प्रतिनिधिसभा बैठक स्थगित

काठमाण्डौ, १८ साउन । शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित भएको संसद सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको आग्रहमा बैठक स्थगित भएको बताइएको छ ।

बैठकमा सार्वजनिक सुरक्षा विधेयकमा, राष्ट्रिय चिकित्सा विधेयक र लेखापरीक्षणसम्बन्धी तीन प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको थियो ।

यसअघि बिहीबार बसेको बैठकमा गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सांसद बहिष्कार गरेको थियो । अर्को बैठक साउन २० गते बस्नेछ ।

shares