Breaking News

स्मार्टलार्इ पनि फाेरजी अनुमति

काठमाण्डाै १२ जेठ । निजी क्षेत्रकाे दुरञ्चार काम्पनी एनसेलपछि स्मार्ट टेलिकमले चाैथाे पुस्ताकाे माेबाइल प्रविधी ( फाेरजी) सेवा सञ्चालन गर्ने स्वीकृत पाएकाे छ ।

नेपाल दूरसञ्चार प्राधिकारण बाेर्डकाे जेठ ७ गते बसेकाे बैठकले स्मार्ट टेलिकमलाइ फाेरजी सेवा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेकाे छ । असार १५  देखि फाेरजी सेवा सञ्चालन गर्न पाउने गरी अनुमति दिएकाे प्राधिकारणका प्रवत्ता मीनप्रसाद अर्यालले बताए ।

साउन १५ देखि सेवा सञ्चालन गर्न पाउनेगरी स्मार्ट टेलिकमले पनिल फाेरजी सेवाकाे स्वीकृत पाएकाे छ ; अर्यालले नगरिकसँग भने, याेसँगै सेवा प्रतिपर्स्धी बन्ने छ । स्मार्ट टेलिकमलार्इ १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थता अन्तर्गत फाेरजी सेवा सञ्चालन गर्न अनुमति दिएकाे हाे ।

प्राधिकरणले  फाेरजी स्वीकृतिसँगै उसले तिर्नुपर्ने फ्रिक्वेन्सी दस्तुर राेयल्टी तथा नविकरण शुल्क बुझाउने रहरेक तीन महिनामा प्राधिकरणमा प्रगति विवरण बुझाउने निदेशन दिएकाे छ । साथै यथासम्भव नेपाल भर सेवा सञ्चालन गर्नुपर्ने सर्त समेत  राखिएकाे  अर्यालले बतााए । स्मार्टसहित मुलुकमा फाेरजी सेवा सञ्चालन गर्ने तीनवाट दूरसञ्चार कम्पनी हुनेछन ।

नेपाल टेलिकमले पुष १७ गतेदेखि काठमाण्डाै र पाेखरामा फाेरजी सेवा सञ्चा लन गरिसकेकाे छ । केहि समयअघि एनसेलले पनि उत्त सेवा सञ्चालनकाे अनुमति पाइसकेकाे छ । तीनवाट कम्पनीले फाेरजी सेवा सञ्चालन गरेसँगै बजारमा प्रतिस्पर्धा बढने र उपभाेत्ताले थप सुविधा पाउने प्रधिकरणकाले अपेक्षा गरेकाे छ । याे  खबर नागरिक दैनिकमा छ ।

shares