Breaking News

त्रिभुवन विमानस्थलमा उडान-अवतरण बन्द

काठमाण्डौ, १८ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या देखिएपछि उडान-अवतरण बन्द गरिएको छ ।

धावनमार्गमा पिच उप्किएर चिरा देखिएपछि मर्मतका लागि बिहान ११.१० बाट विमानस्थलमा उडान अवतरण रोकेको हो । यसका कारण आधादर्जन विमान आकाशमै होल्ड भएका छन् भने उडान तालिकाअनुसार विमानहरू उड्न पाएका छैननन् ।

विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले भने २० मिनेट अवरुद्ध भएको उडान अवतरण सुचारु भइसकेको दावी गरेपनि मर्मतमा केही प्राविधिक काम बाँकी रहेकाले अझै केही समय लाग्ने जनाइएको छ ।

कतार एयरवेज, नेपाल एयरलाइन्स, विमान बंगलादेश, जेट एयर लगायतका जहाज अवतरण गर्न नसकेपछि आकाशमा होल्डमा राखिएको छ ।

वर्षायाममा विमानस्थलको धावनमार्गमा पटक-पटक पिच उप्किने समस्या अाउने हुनाले तत्काल टाल्ने र त्यो आधा घण्टाभित्र सुक्ने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरिन्छ ।

shares