Breaking News

जिम्बाबेमा इमर्सन मनांगाग्वा पुनः राष्ट्रपतिमा निर्वाचित, विपक्षीद्वारा मतपरिणाम बहिष्कार

काठमाण्डौ १८ साउन । जिम्बाबेमा राष्ट्रपति इमर्सन मनांगाग्वा पुनः राष्ट्रपति हुने पक्का भएको छ । हालै सम्पन्न जिम्बाबेको राष्ट्रपतिय निर्वाचनमा जित हासिल गरेसंगै मनांगाग्वा पुनः राष्ट्रपति हुने भएका हुन् ।

जिम्बाबेका १० वटै राज्यका निर्वाचन परिणाम आउंदा उनले ५० दशमलव ८ प्रतिशत मत प्राप्त गरेको त्यहांको निर्वाचन आयोगले जनाएको छ । उता विपक्षी पार्टी मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज, एमडिसी गठवन्धनले निर्वाचनमा व्यापक धांधली भएको भन्दै परिणाम मान्य नहुने बताएको छ ।

यसअघि एमडिसी गठबन्धनले आफ्ना उम्मेदवार नेल्सन चामिसा बिजयी भएको दाबी गरेको थियो । गएको नोभेम्बरमा तत्कालिन राष्ट्रपति रोबर्ट मुगाबेले राष्ट्रपति पद छाडेपछि जिम्बाबेमा पहिलो पटक चुनाव भएको हो ।

shares