Breaking News

संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकारसँग राजपाको माग

काठमाण्डौ, १७ साउन । राष्ट्रिय जनता पार्टी नेपालले संविधान कार्यान्वयनका लागि संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै राजपा सांसद महेन्द्र राय यादवले आफूहरूको माग अनुसार संविधान संशोधन नभए संविधान कार्यान्वयन हुन नसक्ने भन्दै छिटो संशोधन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले आफूहरूको माग सम्बोधनका लागि सरकारलाई समर्थन गरेको भएपनि सरकार सहमतिमा गम्भीर नभएको आरोप पनि लगाए । त्यस्तै उनले नागरिकताका विषयमा मधेशी समुदायलाई विभेद भएको भन्दै यस विषयमा पनि सरकार गम्भीर नभएको तर्क गरे ।

उनले रेशम चौधरी लगायत आफ्ना नेताहरूलाई लगाइएको मुद्धा फिर्ता लिंदै चौधरीलाई सांसद पदको सपथ गराउनुपर्ने माग गरे । त्यस्तै सांसद यादवले मुस्लीम समूदाय हज यात्रामा जान लागेको भन्दै उनीहरूको उचित व्यवस्थापन गर्नुपर्ने माग गरे ।

shares