Breaking News

सदनमा सांसद पालको प्रश्न

काठमाण्डौ, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद निरु पालले एक जना सांसद सुरक्षित नभए आम महिला कसरी सुरक्षित हुन सक्छन् भन्दै प्रश्न गरेकी छिन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आफूलाई बन्दुक तेर्स्याएर धम्काउन खोजिएको विषयमा जानकारी गराउँदै यस्तो प्रश्न गरेकी हुन् । उनले आम नेपालीमा सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरिन् ।

बैठकको विशेष समयमा बोल्दै पालले १५ गते आठ बजेर १५ मिनेटमा ममाथि घटना भएको बताइन् । उनले घाँटीमा पेस्तोल राखेर यो सरकार डगमगाउँछ भन्ने कुरा त्यो दिवा सपना मात्र हुने बताइन् ।

बैठकमा कांग्रेसकी सांसद डिला संग्रौलाले पालमाथिको घटनाको भर्त्सना गर्दै सरकारको आलोचना गरिन्। उक्त घटना भएको यतिदिन हुँदासमेत पक्राउ गर्न नसकेको भन्दै संग्रौलाले सरकार निकम्मा भएको बताइन् ।

यसैगरी बैठकको शून्य समयमा नेकपाका सांसद महेश बस्नेतले सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश जोशीको भ्रष्टाचार, बालात्कार, एनसेलको भ्रष्टाचार जस्ता विषयमा छलफल भइरहँदा यस्तो घटना दुःख भएको बताए ।

shares