Breaking News

महानन्द साहित्य सम्मान गीतकार किरण खरेललाई

काठमाण्डौ, १७ साउन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक वर्ष प्रदान गर्दै अाइरहेको महानन्द साहित्य सम्मान यस वर्ष कवि तथा गीतकार किरण खरेललाई प्रदान गरिएको छ ।

१२२औं महानन्द जयन्तीका अवसरमा एक औपचारिक कार्यक्रम गरी मंगलबार कवि विप्लव प्रतीक र निबन्धकार, पत्रकार दीपक सापकोटाले उक्त सम्मान प्रदान गरेका थिए । अनेसास, टेक्सास च्याप्टरले प्रदान गरेको पुरस्कारको राशी ५० हजार रुपैयाँको छ ।

नेपाली भाषाको श्रीवृद्धिमा विशेष योगदान दिने साहित्यिक व्यक्तित्वहरूलाई यो सम्मान प्रदान गरिँदै आएको छ । सन् २०१२ देखि महानन्द सापकोटा साहित्यिक पुरस्कार गुठीले यो सम्मान प्रदान गर्न सुरु गरेको हो ।

यसअघि विप्लव प्रतीक, वसन्त थापा, गोविन्द वर्तमान, किशोर नेपाल र दुर्गालाल श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिसकिएको छ ।

shares