Breaking News

अाज न्यूरो अस्पतालको ओपीडी सेवा निशुल्क

काठमाण्डौ, १७ साउन । बाँसबारीस्थित न्यूरो अस्पतालले बिहीबार ओपीडी सेवा निशुल्क गरेको छ ।

डा. उपेन्द्र देवकोटाको ४५ औं पुण्यतिथिका अवसर पारेर अस्पतालले ओपीडी सेवा निःशुल्क गरेको हो । सम्पूर्ण सेवामा २५ प्रतिशत छुट दिने पनि अस्पतालले जानकारी दिएको छ ।

लामो समय पित्तथैलीको क्यान्सरबाट पीडित न्यूरो अस्पतालका संस्थापक डा. देवकोटाको गत असार ४ गते सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

shares