Breaking News

उत्कृष्ट फोटो पत्रकारहरू सम्मानित

काठमाण्डौ, १६ साउन । फोटो पत्रकार क्लबले गत वर्ष २०७४ सालको उत्कृष्ट फोटो पत्रकारहरूलाई आज सम्मान गरेको छ ।

क्लबले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई सम्मान गरेको हो । गत वर्षको उत्कृष्ट फोटो पत्रकारमा नरेन्द्र श्रेष्ठ परेका छन् । उनले गत वर्ष तराईमा अविरल वर्षाका कारण डुबानमा परेका बेला लाश गाड्ने ठाउँ समेत नभएर पानीमा मृत बच्चाको लाश बगाएको तस्वीर खिचेका थिए ।

क्लवले विभिन्न ७ विधामा २२ जना फोटो पत्रकारहरूलाई सम्मान गरेको थियो । कार्यक्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारीले नेपालको पर्यटन क्षेत्रमा फोटो पत्रकारहरूको भूमिका निकै महत्वपूर्ण भएको भन्दै सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए । यसैबीच क्लबले ६ दिन सम्म उक्त फोटोहरूलाई प्रदर्शनीमा समेत राखेको छ ।

क्लबले प्रत्येक वर्ष उत्कृट फोटोलाई छानेर सम्मान गर्दै आइरहेको छ ।

shares