Breaking News

सरकारविरुद्ध राप्रपा प्रजातान्त्रिकको प्रदर्शन

काठमाण्डौ, १६ साउन । सरकारले दुई तिहाइको दम्भ पालेर जनआकांक्षा विपरीत राज्य सत्तालाई अधिनायकवादतर्फ उन्मुख गराएको भन्दै राप्रपा प्रजातान्त्रिकले विरोध प्रदर्शन गरेको छ ।

बुधबार काठमाडौंको बानेश्वरबाट सुरु भएको विरोध प्रदर्शन माईतिघर पुगी कोणसभामा परिणत भएको थियो । मंहगी, कर वृद्धि लगायतलाई लिएर काठमाडौंमा विरोध प्रदर्शन गरिएको राप्रपा प्रजातान्त्रिकले जनाएको छ ।

विरोध प्रर्दशनमा सहभागीहरूले महँगी नियन्त्रण गर्न माग गर्दै सरकारविरुद्ध नारा लगाएका थिए । मुलुक संघीयतामा गइसकेपछि तीनवटै सरकारले छुट्टाछुट्टै कर थोपरेर जनतालाई हैरानी दिएको र चर्को मूल्यवृद्धि गरेको भन्दै शंख–घण्ट बजाउँदै विरोध जुलुश निकालिएको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले बताए ।

अध्यक्ष राणाले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको समेत आरोप लगाउदै केन्द्र, प्रदेश र स्थानीय तहको सरकारबाट करको सैद्धान्तिक अवधारणा विपरीत बढाइएको कर फिर्ता लिन पनि माग गरे ।

‍विरोध प्रर्दशनमा पार्टी अध्यक्ष राणा, नेताहरू केशरबहादुर विष्ट, दीपक बोहरा, सुनील थापा लगायत सहभागी भएका थिए । यसअघि साउन ६ गते बसेको पार्टीको पदाधिकारी बैठकले सरकारको कामकारवाहीको विरोधमा काठमाडौंमा विरोध प्रर्दशन गर्ने निर्णय गरेको थियो ।

shares