Breaking News

संसद बैठकमा शोक प्रस्ताव पारित

काठमाण्डौ, १६ साउन । पूर्वसांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण कुमार जोशीका निधनमा प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख कृष्ण बहादुर महराले पढेर सुनाउनुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । साथै बैठकले स्वर्गीय जोशीको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । जोशीको मंगलबार निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बोलाइएको छ ।

shares