Breaking News

शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक सम्पन्न

काठमाण्डौ, १६ साउन । राष्ट्रिय सभाको बैठकले पूर्वसांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण कुमार जोशीका निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बुधबार बसेको बैठकले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । साथै बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।

विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उनी नेपाली काँग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । कांग्रेस बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति, केन्द्रीय सदस्यसमेत रहेका जोशीको मंगलबार काठमाडौंस्थित आफ्नै निवास बूढानीलकण्ठमा ७३ वर्षको उमेरमा निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक बिहीबार बिहान साढे ११ बजे बोलाइएको छ ।

shares