Breaking News

सर्पको टोकाइबाट एक युवतीको मृत्यु

उदयपुर, १६ साउन । उदयपुरको कटारी नगरपालिका २ गिद्बबरमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २३ वर्षीया यशोदा कट्टेल रहेको प्रहरीले जनाएको छ । बिहान घर पोत्ने क्रममा सामान सार्दै गरेको अवस्थामा विषालु करेत नामको सर्पले टोकेको हो ।

सर्पले टोकेपछि तत्काल नेपाली सेनाको ताराघारी ब्यारेकमा उपचारका लागि लगिएपनि उपचार हुन नसकी थप उपचारको लागि सिराहाको चोहर्वा सेना ब्यारेकमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ ।

साउन महिनाभित्र मात्रै कटारी क्षेत्रमा दुई दर्जन मानिसलाई सर्पले टोकेको स्थानीय पत्रकार अभि लामिछानेले बताए । दुई सातायता कटारी नगरपालिकामा सर्पको टोकाइले चार जनाको मृत्यु भैसकेको ईलाका प्रहरी कार्यालय कटारीको डिएस्पी अर्जुन श्रेष्ठले बताए ।

shares