Breaking News

विश्व स्तनपान दिवस सप्ताह सुरु: स्वास्थ्य सेवा विभागमा स्तनपान कक्षको शुभारम्भ

काठमाण्डौ, १६ साउन । ‘स्तनपान: जीवनको आधार’ भन्ने नारासहित विश्व स्तनपान दिवस सप्ताह सुरु भएको छ ।

शिशुलाई ६ महिनासम्म नियमित स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको हो । सप्ताहको सुरुवातसंगै स्वास्थ्य सेवा विभागमा स्तनपान कक्षको शुभारम्भ गरिएको छ ।

बुधबार आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनशंख्या मन्त्रालयका निमित्त सचिव डाक्टर सुशिल प्याकुरेल, विभागमा निमित्त महानिर्देशक डाक्टर गुणराज लोहनी र युनिसेफ नेपालका प्रतिनिधि टोमो होजोमिले संयुक्त रूपमा कक्षको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनशंख्या मन्त्रालयका निमित्त सचिव डाक्टर सुशिल प्याकुरेलले स्तनपान कक्षले विभाग नजिकै रहको अस्पतालमा सेवा लिन आउने व्यक्ति र बालबालिकालाई पनि फाइदा पुग्ने बताए। उनले हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक रहेको पनि बताए ।

नेपाल जनसांख्यीक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत छ भने शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको छ ।

स्वास्थ्यकर्मीका अनुसार आमाको पहिलो दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । डाक्टरले बालबालिकालाई स्वस्थ राख्न ६ देखि आठ महिनासम्म आमाको दूध उत्तम आहार हुने बताएका छन् ।

shares