Breaking News

एकदिवसिय क्रिकेटमा नेपाल आज नेदरल्याण्ड्सको सामना गर्दै

काठमाण्डौ १६ साउन । नेपाली क्रिकेट टोलीले आफ्नो ऐतिहासिक एकदिवसिय क्रिकेटमा आज नेदरल्याण्ड्सको सामना गर्दैछ ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको दुई दशकपछि नेपालले पहिलोपटक आज एकदिवसीय क्रिकेट खेल्न लागेको हो ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल आज दिउँसो पौने तीन बजे नेदरल्याण्ड्सको घरेलु मैदानमा हुनेछ । एकदिवसीय राष्ट्रको मान्यता पाएको करिब साढे दुई महिनापछि नेपालले नेदरल्याण्ड्ससंग उसैको घरेलु मैदानमा ऐतिहासिक शृंखला खेल्न लागेको हो ।

गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीनभित्र पर्दै नेपालले पहिलो पटक ओडीआई राष्ट्रको मान्यता पाएको थियो । नेपाल र नेदरल्याण्ड्सबीच आज र यही शुक्रबार ५० ओभरका दुई खेल हुनेछन ।

जिम्बावेमा पछिल्लो पटक नेपालले ५० ओभरको खेल नेदरल्याण्डसंग नै खेलेको थियो । आज ओडिआई यात्रा पनि नेदरल्याण्ड्सस“ग खेलेर सुरु गर्दैछ । नेपालका लागि नेदरल्याण्ड्स नौला प्रतिद्वन्द्वी भने होइन ।

एकदिवसीय र टि ट्वान्टीमा समेत नेपाल र नेदरल्याण्ड्सले खेलिसकेका छन् । यसअघि ५० ओभरमा नेपाल र नेदरल्याण्ड्सले एकआपसमा पाँच खेल खेलिसकेका छन् । यसमध्ये नेदरल्याण्ड्सले तीन खेल जितेको छ भने नेपाल दुई पटक विजयी भएको छ ।

सन् २ हजार १४ मा न्यूजिल्याण्डमा भएको विश्वकप छनोटको प्लेअफ खेलमा नेपाल नेदरल्याण्ड्सस“ग सात विकेटले पराजित भएको थियो । त्यस्तै सन् २ हजार १५ मा नामिबियामा भएको डिभिजन टू मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

shares