Breaking News

भक्तपुरमा छोराको हत्या गर्ने बाबु पक्राउ

भक्तपुर, १६ साउन । घरायसी विवादमा आफूसँगै सुतेका १७ वर्षीय छोराको  हत्या गरी भाग्दै गरेका बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको सुनवर्षा नगरपालिका स्थायी घर भई भक्तपुरको लोकन्थलीमा बस्दै आएका आफूसँगै सुतेका १७ वर्षीय छोरा सागरको हत्या गरी बाबु ४० वर्षीय डिल्लीराम चापागाई भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी टोलीले पक्राउ गरेको हो ।
दाउले घाँटीमा प्रहार गरेर डिल्लीरामले आफूसँगै सुतेका छोराको हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा डिल्लीरामले घरायसी विवादका कारण आफूले छोराको हत्या गरेको स्वीकारेको उनले जानकारी दिए ।
shares