Breaking News

सरकारको कामकारवाहीविरुद्ध कांग्रेसको देशव्यापी विरोध जुलुस

काठमाण्डौ, १५ साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको कामकारवाहीविरुद्ध विरोध जुलुस निकालेको छ ।

सरकार स्वच्छाचारी भइरहेको भन्दै जिम्मेवार प्रतिपक्षीको रूपमा खबरदारी गर्ने भन्दै कांग्रेसले मंगलबार विरोध जुलुस निकालेको हो । सर्वसत्तावाद, बढ्दो महँगी विरुद्ध र लोकतान्त्रिक पद्दतिको रक्षाका लागि भन्दै कांग्रेसले सरकारविरुद्धको प्रदर्शन गरेको हो ।

काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको विरोध प्रदर्शन असन, इन्द्रचोक, विशालबजार भएर न्युरोड हुँदै शान्तिवाटिकामा कोणसभामा परिणत भएको थियोे । कोणसभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरूले सरकार स्वच्छाचारी भइरहेको भन्दै कांग्रेसले सदैव खबरदारी गर्नुपर्ने बताएमा थिए ।

सभालाई सम्बोधन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेस कमजोर नभएको बताए । सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन समेत आग्रह गर्दै उनले सरकारले अधिनायकवादी चरित्र देखाएकोले आन्दोलनका लागि बाध्य भएको बताए । त्यस्तै कांग्रेसका अर्का नेता डाक्टर प्रकाश शरण महतले कम्युनिस्ट सरकारले स्वतन्त्र न्यायापालिकामाथि हस्तक्षेप गर्न खाजेको समेत आरोप लगाए ।

कार्यक्रममा कांग्रेस नेता नवीन्द्रराज जोशीले जनतालाई सुविधा दिन्छु भनेको सरकारले महंगी र कर बढाएर ढाड सेक्ने काम गरेको बताए । सरकारको कामकारवाहीको विरोधमा देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

shares