Breaking News

छोराको हत्यापश्चात् महिलाले गरिन् आत्महत्या

कैलाली, १५ साउन । बर्दगोरीया गाउँपालिका–२, कुम्भीयामा एक महिलाले छोराको हत्यापश्चात् आत्महत्या गरेकी छिन् ।

२१ वर्षीया सीतादेवी डगौरा थारुले चार वर्षीय छोरा संकेत डगौरको हत्यापछि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । छोराको हत्या गरेर आमाले आत्महत्या गरेको खबर आएपछि प्रहरी घटना स्थलमा पुगेको थियो ।

प्रहरीका अनुसार घरबाहिर काम गरिरहेका मृतकका श्रीमान् लालबहादुर डगौराले भित्रबाट चुक्कुल लगाएको अवस्थामा धेरै बेर ढोका नखोलेपछि ढोका फोरेर भित्र पसेका थिए ।

आमा छोराको शव एउटै धुरीमा तर फरक फरक स्थानमा झुण्डिएको फेला परेको प्रहरीले जनाएको छ। घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे तथ्य आइनसकेको भएपनि छोराको हत्यापछि आमाले आत्महत्या गरेको प्रारिम्भक अनुमान प्रहरीले गरेको छ । मृतकका शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ ।

shares