Breaking News

कुटपिट गरी श्रीमतीको हत्या

पोखरा, १५ साउन । कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा पोखरा लेखनाथ महानगरपालिका–२७ तालचोक बस्ने ६३ वर्षीय कमल कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार घरायसी विवाद उत्पन्न भएपछि कुमालले ५५ वर्षीया श्रीमती सुन्तली कुमाललाई कैंचीको बिंडले कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि सामुदायिक अस्पताल शिशुवा पठाइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको हो । हत्याका अारोपी कमल कुमाललार्इ प्रहरीले नियन्त्रणमा लिर्इ अावश्यक अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

shares