Breaking News

‘प्रकाश मानव अधिकार पुरस्कार’ राैतहटका महम्मद मकसुद राँकीलाई प्रदान गरिने

काठमाण्डौ १५ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले राैतहटका महम्मद मकसुद राँकीलाई यस बर्षकाे ‘प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गर्ने निर्णय गरेकाे छ ।  

विगत एक दशकदेखि मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील यमुनामाइ गाउँपालिका, रौतहटका राँकीलाई प्रकाश मानव अधिकार पुरस्कार २०७४बाट सम्मान गर्ने निर्णय गरेको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा साउन १६ गते जनकपुरधाममा सम्पन्न हुने एक समारोहकाबीच राँकीलाई सम्मान ­गरिने कार्यक्रम रहेको  इन्सेकले जनाएकाे छ

इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित प्रकाश मानव अधिकार पुरस्कारबाट यसअघि २३ जना सम्मानित भइसकेका छन् । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार रुपियाँ प्रदान गर्ने गरिएको इन्सेकले जनाएको छ ।

थाइ एयरबसको विमान नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते दुर्घटना हुँदा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको निधन भएको थियो ।

shares